अर्थमन्त्रीबाट जारी भएको श्वेतपत्रमा यस्ता छन् शेयरबजारबारे उल्लेख विषय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2021 | 03:43:04 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा नयाँ लगानीकर्ताको प्रवेश र वित्तीय स्रोतको सहज उपलब्धताले शेयरबजार परिसूचकमा तिब्र वृद्धि भएको बताएका छन् । संसदमा श्वेतपत्र  प्रस्तुत गर्दै मन्त्री शर्माले ७६ साल असार मसान्तमा १२५९ रहेको  नेप्से सूचक ७८ साल असार मस्नातामा २८२२ मा पुगेको बताएका हुन् ।

त्यस्तै उनले कुल ग्राह्स्थ्य उत्पादनको अनुपातमा शेयर बजार पुँजीकरण ४५.८ प्रतिशतबाट बढेर ९८.८ प्रतिशत पुगेको बताए ।  बजारमा उत्पादनमुलक कम्पनीको उपस्थिति न्यून रहेकोले बजारमा उत्पादनमुलक कम्पनीको संख्या बढाउन नीतिगत तथा संस्थागत सुधारको खाचो आवश्यक रहेको उनले बताएका छन् । 

त्यस्तै उनले लगानीकर्ताकोमनोबल उच्च पार्न समबन्धित नियामक निकायबाट नियमन र अनुगमनलाई थप प्रभावकारी बनाई पुंजीबजारलाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री , र जवाफदेही बनाउनु पर्ने उनले उल्लेख गरेका छन् । त्यस्तै उनले बजारमा लगानीकर्ताको हित संरक्षण गर्नको लागि स्वस्थ्य बजार प्रणाली अपनाउनु पर्ने बताएका छन् । 

आर्थिक अवस्थाको यथार्थ चित्रण गर्दै मन्त्री शर्माले श्वेतपत्र जारी गरेका हुन्। मन्त्री शर्माले यसलाई श्वेतपत्र नभनी  'वर्तमान आर्थिक अवस्थाको जानकारी' को रुपमा संसदमा प्रस्तुत गरेका हुन्। यसअघि पूर्व अर्थमन्त्री युवराज खतिवडाले पनि आफुले मन्त्रालयको कार्यभार सम्हालेपछि २०७४ चैत १६ गते श्वेतपत्र जारी गरेका थिए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved