नेपाल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2021 | 05:18:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited को ऋणपत्र सूचीकृत भएको छ । बैंकले जारी गरेको ३ अर्ब ५० करोड बराबरको १,००० अंकित दरको ३५ लाख कित्ता “८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७” सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेञ्चमा ऋणपत्र सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्चका प्रमुख कार्यकारी अधिकृत  चन्द्र सिं साउद र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीका बिच धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।

सूचीकरण भएको ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार शुरु हुने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved