कृषि विकास बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2021 | 08:23:50 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७७/७८ मा कृषि विकास बैंक Agriculture Development Bank Limited  को खुद नाफा १०.८९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ६६/६७ मा बैंकको खुद नाफा ३ अर्ब ३३ करोड रहेकोमा आर्थिक वर्ष ७७/७८ मा बैंकको नाफा बढेर ३ अर्ब ६९ करोड पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड रहेको छ ।

बैंकको संचालन मुनाफा २१.०३ प्रतिशतले बढेर ५ अर्ब २२ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी भने ६.७३ प्रतिशतले घटेर ६ अर्ब ७३ करोडमा सिमित भएको छ । बैंकको खुद ब्याज घटेपनि अन्य संचालन आम्दानी ३ करोड ५९ लाख बाट बढेर ५० करोड २९ लाख पुगेको छ। यहि कारण खुद ब्याज आम्दानी घट्दा पनि बैंकको नाफा नघटेको हो ।

बैंकको निक्षेप १३.२६ प्रतिशतले बढेर १ खर्ब ६२ अर्ब पुगेको छ भने कर्जा प्रवाह २५.४५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ । १६ अर्ब ४२ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १५ अर्ब २२ करोड रहेको छ ।

यस अवधिमा कम्पनीको खराब कर्जा २.८४ प्रतिशतबाट घटेर १.८४ प्रतिशत पुगेको छ । कम्पनीको प्रति शेयर आम्दानी ३०.६५ रुपैयाँ, प्रति शेयर नेटवर्थ २३८.५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved