लाभांश र हकप्रद प्रस्ताव पारित गर्न सिनर्जीले बोलायो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2021 | 10:13:30 AM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड Synergy Power Development  ले साधारणसभा आह्वान गरेको छ  । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले कम्पनीको १५ औ साधारणसभा भदौ १८ गते शुक्रबारको लागि आह्वान गर्ने निर्णय गरेको हो। कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो  । 

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन्  । कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको संचित मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

साधारणसभामा हकप्रद निष्काशन प्रस्ताव समेत पेश हुने छ। कम्पनीले बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको २:१ को अनुपातमा हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ । यद्यपि कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ ३ गतेसम्म शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

यस संगै सिनर्जी पावर आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश घोषणा गर्ने र साधारणसभा आह्वान गर्ने पहिलो कम्पनी बनेको छ । यस अघि सामुहिक लगानी कोषहरुले मात्र लाभांश घोषणा गरेका थिए ।

कम्पनीले अघिल्लो वर्ष ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस कम्पनीले दोलखामा १० मेगावाटको सिप्रिन खोला आयोजना निर्माण सम्पन्न गरि बिद्युत उत्पादन गरिरहेको छ । कम्पनीले सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको 'मध्य होंगु खोला ए' जलबिद्युत आयोजनामा स्वपुँजीको ४० प्रतिशत शेयर लगानी पनि गरेको छ। यस आयोजनाले विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता गरिसकेको जनाईएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved