१ वर्ष मै खुले २० लाख बढी डिम्याट खाता, कुन जिल्लामा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2021 | 01:40:43 PM मा प्रकाशित

laxmi  sunrise bank

१ वर्षको अवधि मै २० लाख डिम्याट खाता थपिएको छ। आर्थिक वर्ष ७७/७८ मा कुल २० लाख ३१ हजार ६ वटा डिम्याट खाता खुलेका हुन् । आर्थिक वर्ष ७६/७७ मा कुल १ लाख ८१ हजार ६३ वटा डिम्याट खाता खुलेका थिए । 

आर्थिक वर्ष ७७/७८ मा खुलेका डिम्याट खाता मध्ये २० प्रतिशत खाता काठमाडौँ जिल्लावासीले खोलेका छन् । यस वर्षमा काठमाडौँका मात्र ४ लाख २१ हजार ९ सय जनाले डिम्याट खोलेका हुन्। दोस्रो नम्बरमा झापाका ९६ हजार ९ सय ६६ जनाले तथा तेस्रो नम्बरमा ललितपुरका ९५ हजार ६ सय ५१ जनाले डिम्याट खोलेका छन् । 

त्यस्तै मोरङका ८४ हजार ८ सय ७०, कास्कीका ८३ हजार ४ सय ७६, रुपन्देहीका ८० हजार ४ सय ७०, भक्तपुरका ७५ हजार १ सय ७३, र चितवनका ७० हजार ८ सय २५ जनाले डिम्याट खोलेका छन्  ।  

यस अवधिमा सबै भन्दा कम डिम्याट मनाङवासीले खोलेका छन्  ।  मनांगका ४८४ जनाले डिम्याट खोलेका हुन्  ।  त्यस्तै मुस्तांगका ७२२, डोल्पाका ७३०, मुगुका ९ सय ८०, हुम्लाका १३ सय ३, बाजुराका २०४९, कालिकोटका २१ सय ६३, जाजरकोटका २४ सय ८४, रोल्पाका ३०७१, तथा रसुवाका ३१ सय ६१ जनाले डिम्याट खोलेका छन्  । 

हालसम्म  डिम्याट खाताको संख्या ३९ लाख ८६ हजार २ सय ३५ पुगेको छ । जस मध्ये २० लाख बढी डिम्याट गत वर्ष मात्र खुलेका हुन् । 

हेर्नुस आर्थिक वर्ष ७७/७८ मा खोलिएका डिम्याट खाताको विवरण  

जिल्ला                                                        डिम्याट संख्या 
Kathmandu 421900
Jhapa 96966
Lalitpur 95651
Morang 84870
Kaski 83476
Rupandehi 80470
Bhaktapur 75173
Chitwan 70825
Sunsari 65806
Nawalparasi 45320
Kailali 44910
Kavrepalanchowk 44367
Kanchanpur 39663
Dolkha 35957
Parsa 32161
Dang 31094
Bara 28236
Makwanpur 26079
Syangja 25913
Nuwakot 25183
Dhading 24915
Dhanusa 24772
Sindhupalchok 23378
Banke 23248
Tanahu 21640
Sarlahi 21294
Gorkha 21226
Baglung 19557
Gulmi 18597
Siraha 18079
Rautahat 16885
Kapilvastu 16515
Surketh 15615
Palpa 15371
Saptari 15280
Ilam 15129
Lamjung 15022
Mahottari 14968
Parbat 14839
Udayapur 14768
Ramechhap 14716
Bardiya 13580
Arghakhanchi 13564
Sindhuli 12764
Okhaldhunga 10623
Dhankuta 9037
Solukhumbu 8575
Khotang 8550
Panchthar 7534
Myagdi 7416
Sankhuwasabha 7393
Bhojpur 7099
Baitidi 6685
Rukum 6201
Pyuthan 6065
Salyan 5874
Dailekh 5869
Achham 5489
Taplejung 5424
Dadeldhura 4952
Bajhang 4951
Terathum 4662
Darchula 4584
Jumla 3784
Doti 3350
Rasuwa 3161
Rolpa 3071
Jajarkot 2484
Kalikot 2163
Bajura 2049
Humla 1303
Mugu 980
Dolpa 730
Mustang 722
Manang 484


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved