
एनआईबिएल प्रगति फण्डको लाभांश सुरक्षित गर्ने आज साउन २८ गते अन्तिम दिन रहेको छ । योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटलले एनआईबिएल प्रगति फण्डको लाभांश बितरणको लागि साउन २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन २८ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउँन सक्ने छन् ।
एनआईबिएल प्रगति फण्डले ५० प्रतिशतले हुन आउने ३७ करोड ५० लाख बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।
त्यस्तै एनआईबिएल समृद्धि फण्ड १ ले पनि साउन २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज साउन २८ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउँन सक्ने छन् । एनआईबिएल समृद्धि फण्ड १ ले ३५ प्रतिशतले हुन् आउने ३५ करोड बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।
यी योजना एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।