७२ प्रतिशतले नाफा बढाएको कुमारी बैंकको वितरणयोग्य नाफा १ अर्ब, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2021 | 08:23:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासमा कुमारी बैंक Kumari Bank Limited  को नाफा ७२.७४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १५ करोड खुद नाफा कमाएकोमा समिक्षा अवधिमा बैंकको नाफा बढेर २ अर्ब पुगेको हो । 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.५६ प्रतिशतले बढेर ५ अर्ब २३ करोड पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९ करोड रहेको छ । यस अवाह्दीमा बैंकको निक्षेप २७.५८ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब पुगेको छ भने कर्जा प्रवाह २४.६४ प्रतिशतले बढेर १ खर्ब ३७ करोड पुगेको छ । 

१३ अर्ब ८७ करोड चुक्तापुंजी रहेको बैंकको रिजर्भमा ५ अर्ब ११ करोड रहेको छ । बैंकको खराब कर्जा १.३९ प्रतिशतबाट घटेर १.०८ प्रतिशत कायम भएको छ 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी  १४ रुपैयाँ ४२ पैसा, प्रति शेयर नेट वर्थ १३६ रुपैयाँ ८९ पैसा र मूल्य आम्दानी अनुपात २५.७३ गुणा रहेको छ ।कम्पनीको सिसिडि ८१.०१ प्रतिशत रहेको छ भने बेस रेट ७.७९ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved