४५ प्रतिशतले बढ्यो मेगा बैंकको नाफा, खुद ब्याज आम्दानी ५ अर्ब ८० करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 08:30:15 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासमा मेगा बैंक Mega Bank Nepal Limited को खुद नाफा ४५.१६ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७६/७७ मा बैंकको खुद नाफा १ अर्ब ५८ करोड रहेकोमा आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमाससम्म बैंकको खुद नाफा  बढेर २ अर्ब ३० करोड पुगेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५१ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी ३८.९५ प्रतिशतले बढेर ५ अर्ब ८० करोड पुगेको छ ।

यस अवधिमा बैंकको निक्षेप ७.०४ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब पुगेको छ भने कर्जा प्रवाह २४.२८ प्रतिशतले बढेर १ खर्ब ३७ अर्ब पुगेको छ । १४ अर्ब ६५ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा ५ अर्ब ६४ रहेको छ । बैंकको खराब कर्जा १.२६ प्रतिशत रहेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १५.७१ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १३८.५५ रुपैयाँ रहेको छ ।  बैंकको मूल्य आम्दानी अनुपात २३.२९ गुणा रहेको छ भने सिसिडि ८२.६९ प्रतिशत रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved