नेपाल बैंकको खुद नाफा भन्दा बाँड्न मिल्ने नाफा धेरै, अरु सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 08:55:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासमा नेपाल बैंक Nepal Bank Limited  को खुद नाफा ३१.४० प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७६/७७ मा बैंकको खुद नाफा २ अर्ब ३३ करोड रहेकोमा आर्थिक वर्ष ७७/७८ मा बढेर ३ अर्ब ०६ करोड पुगेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४९ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी भने १४.९८ प्रतिशतले बढेर ६ अर्ब ४६ करोड पुगेको छ ।

यस अवधिमा बैंकको निक्षेप १४.९९ प्रतिशतले बढेर १ खर्ब ६२ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३०.२३ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब पुगेको छ । १२ अर्ब ६३ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा २० अर्ब ६२ करोड रहेको छ । बैंकको खराब कर्जा २.४७ प्रतिशतबाट घटेर २.१० प्रतिशत कायम भएको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २४.२६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २६३.१९ रुपैयाँ रहेको छ ।  बैंकको मूल्य आम्दानी अनुपात १८.२६ गुणा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved