५० र ३५ प्रतिशत लाभांश घोषणा गरेका एनआईबिएलका २ म्युचुअल फण्डको मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 10:00:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड १ को इकाई मूल्य समायोजन भएको छ । दुवै योजनाले लाभांश वितरणको लागि आज साउन २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।

एनआईबिएल समृद्धि फण्ड १ को ३५ प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो । समायोजनपछि योजनाको प्रति इकाई मूल्य १३ रुपैयाँ कायम भएको छ । समायोजन अघि योजनाको प्रति इकाई मूल्य १६ रुपैयाँ ५० पैसा रहेको थियो । 

त्यस्तै एनआईबिएल प्रगति  फण्ड १ को ५० प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो । समायोजनपछि योजनाको प्रति इकाई मूल्य १४ रुपैयाँ ०५ कायम भएको छ । समायोजन अघि योजनाको प्रति इकाई मूल्य १९ रुपैयाँ ०५ पैसा रहेको थियो । 

 योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटलले एनआईबिएल प्रगति फण्डको लाभांश बितरणको लागि साउन २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन २८ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउँन सक्ने छन् । 

एनआईबिएल प्रगति फण्डले ५० प्रतिशतले हुन आउने ३७ करोड ५० लाख बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । त्यस्तै एनआईबिएल समृद्धि फण्ड १ ले ३५ प्रतिशतले हुन् आउने ३५ करोड बराबरको नगद लाभांश  वितरण गर्न लागेको हो ।

यी योजना एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved