नबिल बैंकको ३६ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 11:22:37 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३६ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा नबिल बैंकको ३६ लाख ४२ हजार ९ सय २१ दशमलव २६ कित्ता शेयर सुचिकृत भएको हो । 

बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गरेपछि फाइनान्सतर्फबाट आएको यी शेयर आज सुचिकृत भएको हो । नबिल बैंकले युनाइटेड फाइनान्सलाई १:०.३५ को स्वापमा  प्राप्ति गरेको हो । यस अनुसार युनाईटेड फाइनान्सको १०० कित्ता शेयर हुनेले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन् । थप शेयर सुचिकृत भएसंगै नेप्सेमा  नबिल बैंकको सुचिकृत शेयर संख्या १३ करोड ८४ लाख ४४ हजर ५ सय १२ कित्ता पुगेको छ 

शेयर सुचिकृत भएसंगै साविकको युनाईटेड फाइनान्सका शेयरधनीको खातामा यी शेयर आएपछि कगनिकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved