
शेयर विश्लेषक तथा लगानीकर्ता अम्बिका पौडेलले मौद्रिक नीति समग्रमा राम्रो आएको बताएका छन् । बजारलाई ठूलो असर गर्ने कुनै कुरा नआएको, ऋणीहरुलाई पनि विभिन्न सहुलियतहरु प्रदान गरिएको, मर्जरमा जानलाई थप प्रोत्साहन गरिएकोले मौद्रिक नीति समग्रमा राम्रो आएको बताएका हुन् ।
लघुवित्तलाई पनि ऋणपत्र निष्काशन गर्न दीईने ब्यबस्था गरिएको, सुक्क्ष्म निगरानीमा राखिनु पर्ने ऋणको अवधि बढाईएको, कोभिड प्रभावितलाई राहतको ब्यबस्था गरिएको, सहवित्तीयकरणको सीमा बढाईएकोले मौद्रिक नीति समग्रमा राम्रो रहेको उनले बताए ।
त्यस्तै उनले मार्जिन शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाबारेको विषय स्पष्ट नभएको र एकिकृत निर्देशिकाले यस बारे थप प्रष्ट पार्ने भएकोले अहिले नै टिप्पणी गर्नु हतार हुने बताए ।
मौद्रिक नीतिमा भनिएको छ 'बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ । ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने छ '।
यसमा केहि विषय थप प्रष्ट हुनु पर्ने उनको भनाई छ ।
यद्यपि उनले शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृति कर्जा मध्ये ८० प्रतिशत कर्जा यहि सीमा भित्र नै रहेकोले प्रणालीमा ठुलो असर नगर्ने बताए । केहि समयको लागि यसैलाई देखाएर प्यानिक हुन् सक्ने भए पनि प्यानिक भई हाल्नु पर्ने स्थिति नरहेको उनको भनाई छ । यसले शेयर धितो कर्जा विस्तार गर्ने र दायरा पनि बढ्ने उनको भनाई छ । यस अघि एकै व्यक्ति वा संस्थाले ठुलो मात्रको कर्जा लिने गरेकोमा अब सीमा तोकिएपछि अन्यले पनि पौअने भएकोले कर्जाको दायरा बढ्नेले यसले शेयरबजारलाई राम्रो नै हुने उनी बताउछन् ।