'शेयर धितो कर्जाको सीमा तोकेर राष्ट्र बैंकले संकुचित विचार राख्यो, मन खिन्न भएको छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 07:38:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले मौद्रिक नीतिको ठूलो मनले स्वागत गर्न नपाईएको बताएका छन् ।  मौद्रिक नीतिमा शेयर बजारलाई प्रभाव पार्ने ब्यबस्था राष्ट्र बैंकले राखेकोले मन खिन्न बनाएको उनले बताए । 

सबै ब्यबस्था राम्रो आएको तर शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा सीमा तोकेकोले 'हात्ती छिर्यो पूच्छर अड्कियो जस्तो भएको उनले बताए । बिना कुनै कारणले बजार बढ्न नदिनको लागि नै यस्तो ब्यबस्था ल्याईएकोमा उनले आश्चर्य समेत प्रकट गरेका छन् । 

यदि अन्य क्षेत्रमा जानु पर्ने कर्जा शेयर बजारमा आएको भए वा बजारमा तरलता अभाव देखिएको भए वा लगानी गर्ने रकम नै अभाव भएको अवस्थामा यस्तो ब्यबस्था आउँदा सामान्य मान्न सकिने तर बिना कुनै कारण कर्जा नियन्त्रण गर्न खोज्नु गलत रहेको उनको भनाई छ । उनी भन्छन् 'तरलता बढी भयो भनेर राष्ट्र बैंकले अस्ति भर्खर रिभर्स रिपो जारी गरेको थियो, तरलताको समस्या नै होइन, बजारलाई प्रभाव पार्ने नीति नल्याउन भन्ने सुझाव दिंदा पनि यस्तो नीति आयो, यसले मन खिन्न बनाएको छ' ।

आफुहरुले सुझाव दिंदा राष्ट्र बैंकले बजारलाई प्रभाव पार्ने नीति नल्याउने बताएको तर अहिले बजारलाई प्रत्यक्ष प्रभाव पार्ने नीति ल्याएको उनले बताए । बजारमा आएको ऋणको कारण अरु क्षेत्रलाई प्रभाव नै नपरेकोले यो ल्याउनु गलत रहेको र राष्ट्र बैंकले शेयर बजारबारे संकुचित  विचार राखेको उनको भनाई छ । यस्तो कर्जा ९२ अर्ब मात्रै गएको र ५ खर्बसम्म प्रवाह गर्न सकिने हुदा हुदै पनि राष्ट्र बैंकले सकुचित विचार राखेर बजारलाई नियन्त्रण गर्न खोजेको उनी बताउछन्  ।  

यस्तो नीतिको कारण मार्जिन प्रकृतिको कर्जा नवीकरणमा समस्या हुने, एकै व्यक्ति धेरै वटा बैंकमा गएर कर्जा लिनु पर्ने भएकोले झन्झट हुने, विभिन्न खालका समस्या देखिने उनको भनाई छ । यसबारे एकिकृत निर्देशिकाले थप प्रष्ट पार्ने भएकोले त्यससमयसम्म कुर्नु पर्ने उनी बताउछन्  ।  

मौद्रिक नीतिमा भनिएको छ 'बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ । ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने छ '। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved