एनआईसी एसियाको खुद मुनाफा १६ करोडले बढ्यो, सेयरधनीलाई बाँड्न मिल्ने कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2021 | 09:28:33 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक लिमिटेडले गत आर्थिक बर्ष सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। एनआईसीले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष ४.९२ प्रतिशतले खुद मुनाफा वृद्धि गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ। 

अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष एनआईसी ले १६ करोडले रुपैयाँले खुद मुनाफा बढाएको छ। यद्दपी बैंकले बिभिन्न शिर्षकमा प्रोभिजन गरेकाले सेयरधनीलाई बाड्न मिल्ने वितरणयोग्य मुनाफा मात्र १ अर्ब ९२ करोड रहेको छ।  

अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकको निक्षेप ४२.२५ प्रतिशतले बढेर २ खर्ब ८६ अर्ब पुगेको छ भने कर्जा लगानी ५५.३३ प्रतिशतले बढेर २ खर्ब ४८ अर्ब पुगेको छ। 

त्यस्तै अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष बैंकको मुख्य आम्दानीको रुपमा लीईने खुद ब्याज आम्दानी २१.३४ प्रतिशतले बढेर ९ अर्ब २२ करोड पुगेको छ। 

यस अवधिमा एनआईसी एसियाको चुक्तापुंजी ११ अर्ब ५६ करोड रहेको छ भने उसको रिजर्भ तथा सरप्लसमा ९ अर्ब १२ करोड रहेको छ। 

त्यस्तै यस अवधिमा बैंकको प्रति सेयर आम्दानि २८ रुपैयाँ ११ पैसा, प्रति सेयर नेटवर्थ १७८ रुपैयाँ ९३ पैसा र मुल्य आम्दानीको अनुपात ५ दशमलब ५६ गुणा रहेको छ। यस अवधिमा बैकको खराब कर्जा अनुपात पनि घटेर शुन्य दशमलब ४६ प्रतिशत रहेको छ। 

१६ करोडले खुद मुनाफा बढेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याईएको छ - सम्पादक 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved