मुक्तिनाथ विकास बैंक अर्ब क्लबमा प्रवेश, कमर्शियल बैंककै स्तरमा व्यवसाय विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 09:09:08 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष खुद मुनाफा झन्डै ६३ प्रतिशतले बढेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। 

मुक्तिनाथ विकास बैंकको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ४४ करोड २६ लाखले बढेको छ। अघिल्लो आर्थिक बर्ष ७० करोड ७४ लाख खुद मुनाफा आर्जन गरेकोमा गत आर्थिक बर्ष १ अर्ब १५ करोड आर्जन गरेको हो। 

१ अर्ब १५ करोड खुद मुनाफा गरेको मुक्तिनाथसँग आफ्ना सेयरधनीहरुलाई बाँड्न मिल्ने मुनाफा ८६ करोड ५ लाख रुपैयाँ रहेको छ।   

त्यस्तै मुक्तिनाथ विकास बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष निक्षेप ५१.६३ प्रतिशतले बढाएर ८६ अर्ब ९० करोड पुर्याएको छ भने कर्जा लगानी पनि ५२.९५ प्रतिशतले बढाएर ७२ करोड ८९ लाख पुर्याएको छ। 

गत आर्थिक बर्ष मुक्तिनाथको आफ्नो मुख्य आम्दानीको स्रोत अर्थात खुद ब्याज आम्दानी १९.७० प्रतिशतले बढाएर २ अर्ब ७० करोडबाट २ अर्ब २५ करोड पुगेको छ। 

यस अवधिमा मुक्तिनाथको चुक्तापुंजी ४ अर्ब ८१ करोड रहेको छ भने रिजर्भमा १ अर्ब ९९ करोड रहेको छ। त्यस्तै खराब कर्जा अनुपात पनि ०.४६ प्रतिशतबाट ०.२५ प्रतिशतमा झरेको छ। 

त्यस्तै यस अवधिमा मुक्तिनाथको प्रति सेयर आम्दानी २३ रुपैयाँ ९२ पैसा, प्रति सेयर नेटवर्थ १४१ रुपैयाँ ४९ पैसा र मुल्य आम्दानीको अनुपात २७ दशमलब ४७ गुणा रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved