नेपाल फाईनान्सको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 09:43:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाईनान्स Nepal Finance  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ २६ गते शनिवार भर्चुअल माध्यमबाट गर्ने गरि सभा आह्वान गरेको हो ।

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , आर्थिक वर्ष ७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, साविकको ललितपुर् फाईनान्सको वित्तीय विवरणहरु पारित गर्ने, लगायतका साधारण प्रस्ताव पेश हुने छन् ।

त्यस्तै कम्पनीले विशेष प्रस्ताव अन्तर्गत हकप्रद निष्काशन प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले ललितपुर फाइनान्सलाई प्राप्ति गरेपछि कायम भएको ४९  करोड ३४ लाखको १:०.७ अनुपातमा ७० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ८३ करोड ८९ लाख पुग्ने छ । त्यस्तै प्रबन्धपत्र रनियमावलीमा आवश्यक संसोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भएमा संशोधनको अख्तियारी संचालक समितिलाई दिने, अन्य संस्थासंग गाभ्ने गाभिने निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने, डिडिए गर्नको लागि आवश्यक पर्ने निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका विशेष प्रस्ताव पेश हुने छन् । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

नेपाल फाइनान्सले ललितपुर फाईनान्सलाई प्राप्ति पश्चात  आषाढ २७ गते आइतबारदेखि एकिकृत कारोबार सुरु गरेको हो ।  निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.सं. २०४९ सालमा स्थापना भएको नेपाल फाईनान्स लिमिटेड र ललितपुर जिल्लाको पहिलो फाईनान्स कम्पनी ललितपुर फाईनान्स लिमिटेडबीच प्राप्तिको लागि मिति २०७७ पौष २३ गते प्रारम्भिक संम्झौता सम्पन्न भएको थियो । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved