शिखर इन्स्योरेन्सको बिमित र बीमा कोषको आकार बढ्यो, खुद मुनाफामा भने सामान्य सुधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 10:10:02 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्ष सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा शिखर इन्स्योरेन्सको खुद मुनाफा ५.५६ प्रतिशतले बढेको उसले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।   

अघिल्लो आर्थिक बर्षको तुलनामा खुद मुनाफा २ करोड ५६ लाखले मात्रै शिखरको खुद मुनाफा बढेको हो। अघिल्लो आर्थिक बर्ष ४५ करोड १ लाख खुद मुनाफा रहेकोमा गत आर्थिक बर्ष ४७ करोड ५७ लाख खुद मुनाफा आर्जन गरेको छ। 

त्यस्तै शिखरको खुद प्रिमियम अघिल्लो आर्थिक बर्षको तुलनामा ९.४६ प्रतिशतले बढेर १ अर्ब १८ करोडबाट बढेर १ अर्ब २९ करोड पुगेको छ भने लगानी, कर्जा तथा अन्य शिर्षकबाट शिखरले ६० करोड ६९ लाख आर्जन गरेको छ। 

गत आर्थिक बर्ष कम्पनीमा खुद दाबी भुक्तानी २.५४ प्रतिशतले घटेर ८५ करोड २५ लाख पुगेको छ। गत आर्थिक बर्ष शिखरमा बीमा लेखको सङ्ख्या २ लाख ७१ हजार ११६ पुगेको छ।

त्यस्तै कम्पनीको चुक्तापुंजी १ अर्ब ७५ करोड पुगेको छ भने रिजर्भ तथा सरप्लसमा ५७ करोड २ लाख पुगेको छ। त्यस्तै कम्पनीको बीमा कोष झन्डै २३ प्रतिशतले बढेर १ अर्ब २९ करोड पुगेको छ।      

यस अवधिमा शिखरको प्रति सेयर आम्दानी २७ रुपैयाँ ५ पैसा, प्रति सेयर नेटवर्थ २१३ रुपैयाँ ७१ पैसा र मुल्य आम्दानीको अनुपात ७२ दशमलब १५ गुणा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved