आइतबारको प्रि ओपन सेसनमा ६८ कम्पनीको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 10:52:33 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबारको प्रि ओपन सेसनमा ६८ कम्पनीको मूल्य घटेको छ । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो शेयर कारोबारको दिन आजको प्रि ओपनमा ६८ कम्पनीको शेयर मूल्य घटेको हो 

त्यस्तै ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ कम्पनीको मूल्य स्थिर रहेको छ । प्रि ओपनमा नेप्से सूचक ८.२६ अंकले घटेको छ । 

मौद्रिक नीतिमा शेयर बजारलाई प्रभाव पार्ने खास विषय नभएपनि शेयर धितो कर्जाको सीमा तोकिएकोले यसले बजारलाई असर गर्ने जानकारहरु बताउछन् । मौद्रिक नीतिमा भनिएको छ 'बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ । ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने छ '।

यो ब्यबस्थाले बजारलाई प्रभाव पार्ने बताईएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved