एक्सेल डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 11:20:41 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंक Excel Development Bank Limited  ले हकप्रद निष्काशनको अनुमति पाएको छ  । नेपाल धितोपत्र बोर्डले आज साउन ३१ मा कम्पनीलाई हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो  । 

बोर्डबाट अनुमति पाएसंगै कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।  बैंकले हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  

कम्पनीले जेठ २७ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved