शेयर बजारमा २१ अर्ब बढीको ऐतिहासिक कारोबार, सूचकमा भने दोहोरो अंकको गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 03:44:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयर बजारमा २१ अर्ब बढीको कारोबार भएको छ । आज शेयर बजारमा २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५४ रुपैयाँको कारोबार भएको छ । यो हालसम्म कै उच्च कारोबार हो ।

आज नेप्से सूचक भने दोहोरो अंकले घटेको छ । आज सूचक २४.५७ अंकले घटेर ३१५४.३४ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २२२ कम्पनीका ३ करोड ५५ लाख ५० लाख ६ सय ८८ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज नेपाल बैंकको मात्रै १ अर्ब ५ करोड बढीको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ७९ करोड २५ लाख बराबरको कारोबार भएको छ ।

आज खानी खोला हाइड्रो, जीवन विकास लघुवित्त, र युनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै आईसीएफसी फाइनान्सको शेयर मूल्य ९.५६ प्रतिशत, र मिमिरे माइक्रोफाइनान्सको शेयर मूल्य ८.९७ प्रतिशतले बढेको छ । आज रिडी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ८.५२ प्रतिशतले घटेको छ ।

आज लघुवित्त, उत्पादन तथा प्रशोधन र इन्भेष्टमेन्ट बाहेकका सबै समुहगत सूचक घटेका छन् । जसमा हाइड्रोपावर समुह सर्वाधिक ४.१३ प्रतिशतले तथा फाइनान्स समुह २.८८ प्रतिशतले घटेको छ । आज उत्पादन तथा प्रशोधन समुह २.३५ प्रतिशत र लघुवित्त समुह २ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका मध्ये १२६ कम्पनीको शेयर मूल्य घटेको छ भने ५९ कम्पनीको मूल्य बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved