बाणिज्य बैंकहरु मै धेरै कमाउने बैंक बन्यो नबिल बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 07:46:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासमा नबिल बैंक Nabil Bank Limited को खुद नाफा ३०.६ प्रतिशतले बढेको छ । बैंकले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासमा ३ अर्ब ४६ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासमा बैंकको खुद नाफा बढेर ४ अर्ब ५० करोड पुगेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १०.६४ प्रतिशतले घटेर ७ अर्ब २२ करोड कायम भएको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब १४ करोड रहेको छ । 

यस अवधिमा बैंकको निक्षेप १७.१२ प्रतिशतले बढेर २ खर्ब २३ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३३.८१ प्रतिशतले बढेर १ खर्ब ९८ अर्ब पुगेको छ  । 

१३ अर्ब ८४ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १९ अर्ब ४८ करोड रहेको छ । बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट घटेर ०.७८ कायम भएको छ । 

यस अवधिमा  बैंकको प्रति शेयर आम्दानी ३२.५४ रुपैयाँ, प्रति शेयर नेटवर्थ २४०.७३ रुपैयाँ , र मूल्य आम्दानी अनुपात ४१.७७ गुणा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved