सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फण्डको मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 08:26:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिद्धार्थ क्यापिटल Siddhartha Capital  ले संचालन गरेका २ वटा म्युचुअल फण्डहरुको इकाई मूल्य समायोजन भएको छ । नेप्सेमा सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को मूल्य समायोजन भएको हो ।

 सिद्धार्थ इक्विटी फण्डको ३० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो  ।  समायोजनपछि सिद्धार्थ इक्विटी फण्डको इकाई मूल्य १२ रुपैयाँ ६० पैसा कायम भएको छ। समायोजन अघि प्रति इकाई मूल्य १५ रुपैयाँ ६० पैसा रहेको थियो ।

त्यस्तै  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को पनि ३० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो । समायोजनपछि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य १२ रुपैयाँ ५३ पैसा कायम भएको छ। समायोजन अघि प्रति इकाई मूल्य १५ रुपैयाँ ५३ पैसा रहेको थियो ।

दुवै योजनाले लाभांश वितरणको लागि आज  साउन ३२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो  । साउन ३१ गतेसम्म कायम इकाईधनीले मात्र यी कोषहरुले दिने लाभांश पाउँन सक्ने छन् ।

 सिद्धार्थ इक्विटी फण्डले ३० प्रतिशतले हुन आउने ४५ करोड बराबरको नगद लाभांश, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ३० प्रतिशतले हुन् आउने ३६ करोड बराबरको नगद लाभांश वितरण गर्ने  छ । यो सबै योजना सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved