नेप्से सीइओ साउदलाई सांसद झाक्रीको सुझाव 'शेयर कारोबार गर्ने भए कम्पनी खोलेर बस्नुस्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 01:05:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेकी सांसद राम कुमारी झाक्रीले नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई शेयर कारोबार गर्ने भए कम्पनी खोलेर बस्न सुझाव दिएकै छिन् । संसदको अर्थ समितिमा आज भएको छलफलमा सीइओ साउदले आफुले पनि शेयर खरिद गर्न पाउने बताएपछि सांसद झाक्रीले शेयर कारोबार गर्ने भए नेप्सेको नेतृत्वमा नबस्न र आफ्नो कम्पनी खोलेर कारोबार गर्न भनेकी हुन् 

सांसद झाक्रीले साउदले सर्वोत्तम सिमेन्टको शेयर आफ्नो परिवारको सदस्यको नाम खरिद गर्दा नैतिक प्रश्न उठेको बताईन् । साथै उनले व्यक्तिले शेयर खरिदको विषयमा अर्थ मन्त्रालयले व्यक्तिलाई नभई नेप्सेसंग जवाफ माग गर्नु पनि गलत रहेको बताईन् । उनले किन यसो गरेको भन्दै अर्थमन्त्रालयसंग पनि जवाफ माग गर्नु पर्ने बताएकी छिन् 

त्यस अघि सीइओ साउदले आफु पनि नेपाली नागरिक रहेको र आफुले पनि शेयर किन्न पाउने बताएका थिए । उनले संस्थापक शेयर खरिद गर्न आचारसंहिताले नरोकेको र आफुले खरिद गरेको शेयर इन्साइडर ट्रेडिङ नहुने जिकिर गरेका थिए । नेप्सेले शेयर कारोबारको लागि प्लेटफर्म मात्र उपलब्ध गराउने र नेप्से नियामक निकाय नभएकोले आफुले शेयर खरिद गर्ने मिल्ने उनको तर्क थियो   

अर्थ समितिले सर्वोत्तम सिमेन्टको शेयर खरिद बिक्रि प्रकरणबार  नेप्से संग आज छलफल गरेको हो । यस अघि समितिले हिजो नेपाल धितोपत्र  बोर्डसंग छलफल गरेको थियो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved