अर्थ समितिमा नेप्से सीईओ साउदले भने 'सर्वोत्तम सिमेन्टको शेयर किनेर गल्ती गरेको महशुस भयो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 02:11:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा गल्ती भएको स्वीकार गरेका छन् । संसदको अर्थ समितिमा आज भएको छलफलमा सीइओ साउदले शेयर किनीसकेपछि गल्ती गरेको महशुस भएको बताएका हुन् 

आचारसंहिता तथा कर्मचारी नियमावलीले संस्थापक सेयर खरिद गर्न छुट दिएको तर नेतृत्वमा बसेर सेयर कारोबार गर्दा थप कुरामा पनि ध्यान दिनु पर्ने रहेछ भन्ने चेत खुलेको उनले बताए । अबको दिनमा यस्तो कार्य नहुने उनले बताए  ।  

त्यस अघि भने उनले आफु पनि नेपाली नागरिक रहेको र आफुले पनि शेयर किन्न पाउने बताएका थिए । उनले संस्थापक शेयर खरिद गर्न आचारसंहिताले नरोकेको र आफुले खरिद गरेको शेयर इन्साइडर ट्रेडिङ नहुने जिकिर गरेका थिए । नेप्सेले शेयर कारोबारको लागि प्लेटफर्म मात्र उपलब्ध गराउने र नेप्से नियामक निकाय नभएकोले आफुले शेयर खरिद गर्ने मिल्ने उनको तर्क थियो   

त्यसपछि नेकपा एमालेकी सांसद राम कुमारी झाक्रीले नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई शेयर कारोबार गर्ने भए कम्पनी खोलेर बस्न सुझाव दिएकी थिईन् । सांसद झाक्रीले शेयर कारोबार गर्ने भए नेप्सेको नेतृत्वमा नबस्न र आफ्नो कम्पनी खोलेर कारोबार गर्न भनेकी हुन् 

सांसद झाक्रीले साउदले सर्वोत्तम सिमेन्टको शेयर आफ्नो परिवारको सदस्यको नाम खरिद गर्दा नैतिक प्रश्न उठेको बताईन् । साथै उनले व्यक्तिले शेयर खरिदको विषयमा अर्थ मन्त्रालयले व्यक्तिलाई नभई नेप्सेसंग जवाफ माग गर्नु पनि गलत रहेको बताईन् । उनले किन यसो गरेको भन्दै अर्थमन्त्रालयसंग पनि जवाफ माग गर्नु पर्ने बताएकी छिन् 

अर्थ समितिले सर्वोत्तम सिमेन्टको शेयर खरिद बिक्रि प्रकरणबार  नेप्से संग आज छलफल गरेको हो । यस अघि समितिले हिजो नेपाल धितोपत्र  बोर्डसंग छलफल गरेको थियो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved