डिम्याट खाताको संख्या ४० लाख नाघ्यो, गत वर्ष मात्रै २० लाख थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 02:53:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा डिम्याट खाताको संख्या ४० लाख नाघेको छ । सिडीएस एण्ड क्लियरिङको तथ्यांक अनुसार आज सोमबारसम्म डिम्याट खाताको संख्या ४० लाख २८ हजार ९३० पुगेको छ । 

एक वर्ष मै नेपालमा डिम्याट खाता दोब्बर भएको हो । अर्थात् १ वर्षको अवधि मै २० लाख डिम्याट खाता थपिएको हो । आर्थिक वर्ष ७७/७८ मा कुल २० लाख ३१ हजार ६ वटा डिम्याट खाता खुलेका हुन् । आर्थिक वर्ष ७६/७७ मा कुल १ लाख ८१ हजार ६३ वटा डिम्याट खाता खुलेका थिए । 

आर्थिक वर्ष ७७/७८ मा खुलेका डिम्याट खाता मध्ये २० प्रतिशत खाता काठमाडौँ जिल्लावासीले खोलेका छन् । यस वर्षमा काठमाडौँका मात्र ४ लाख २१ हजार ९ सय जनाले डिम्याट खोलेका हुन्। दोस्रो नम्बरमा झापाका ९६ हजार ९ सय ६६ जनाले तथा तेस्रो नम्बरमा ललितपुरका ९५ हजार ६ सय ५१ जनाले डिम्याट खोलेका छन् । 

त्यस्तै मोरङका ८४ हजार ८ सय ७०, कास्कीका ८३ हजार ४ सय ७६, रुपन्देहीका ८० हजार ४ सय ७०, भक्तपुरका ७५ हजार १ सय ७३, र चितवनका ७० हजार ८ सय २५ जनाले डिम्याट खोलेका छन्  ।  

यस अवधिमा सबै भन्दा कम डिम्याट मनाङवासीले खोलेका छन्  ।  मनांगका ४८४ जनाले डिम्याट खोलेका हुन्  ।  त्यस्तै मुस्तांगका ७२२, डोल्पाका ७३०, मुगुका ९ सय ८०, हुम्लाका १३ सय ३, बाजुराका २०४९, कालिकोटका २१ सय ६३, जाजरकोटका २४ सय ८४, रोल्पाका ३०७१, तथा रसुवाका ३१ सय ६१ जनाले डिम्याट खोलेका छन्  । 

हेर्नुस आर्थिक वर्ष ७७/७८ मा खोलिएका डिम्याट खाताको विवरण  

जिल्ला                                                       डिम्याट संख्या 
Kathmandu421900
Jhapa96966
Lalitpur95651
Morang84870
Kaski83476
Rupandehi80470
Bhaktapur75173
Chitwan70825
Sunsari65806
Nawalparasi45320
Kailali44910
Kavrepalanchowk44367
Kanchanpur39663
Dolkha35957
Parsa32161
Dang31094
Bara28236
Makwanpur26079
Syangja25913
Nuwakot25183
Dhading24915
Dhanusa24772
Sindhupalchok23378
Banke23248
Tanahu21640
Sarlahi21294
Gorkha21226
Baglung19557
Gulmi18597
Siraha18079
Rautahat16885
Kapilvastu16515
Surketh15615
Palpa15371
Saptari15280
Ilam15129
Lamjung15022
Mahottari14968
Parbat14839
Udayapur14768
Ramechhap14716
Bardiya13580
Arghakhanchi13564
Sindhuli12764
Okhaldhunga10623
Dhankuta9037
Solukhumbu8575
Khotang8550
Panchthar7534
Myagdi7416
Sankhuwasabha7393
Bhojpur7099
Baitidi6685
Rukum6201
Pyuthan6065
Salyan5874
Dailekh5869
Achham5489
Taplejung5424
Dadeldhura4952
Bajhang4951
Terathum4662
Darchula4584
Jumla3784
Doti3350
Rasuwa3161
Rolpa3071
Jajarkot2484
Kalikot2163
Bajura2049
Humla1303
Mugu980
Dolpa730
Mustang722
Manang484


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved