के छ एनएचपीसी र नेपाल बैंकमा लगानीकर्ताको आकर्षण बढ्नुको कारण ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 03:43:38 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयरबाजर परिसूचक नेप्से ५.७५ अंकले बढेको छ । आज नेप्से सूचक ५.७५ अंकले बढेर ३१६०.०९ को बिन्दुमा पुगेर रोकिएको छ

आज कारोबारमा आएका २२७ कम्पनीका २ करोड ८६ लाख १७ हजार ८ सय ५ कित्ता शेयर खरिद बिक्रिबाट १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३७ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ । आज नेसनल हाइड्रोपावरको सबै भन्दा धेरै ७४ करोड ९ लाख बराबरको भएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको संचिति मुनाफाबाट आकर्षक लाभांश दिने तथा हकप्रद पनि प्रस्ताव गर्ने तयारी गरेको बजार चर्चा चलेकोले नेसनल हाइड्रोको शेयरमा लगानीकर्ताको आकर्षण बढेको बताईएको छ । आज यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ

त्यस्तै आज नेपाल बैंकको ६४ करोड ७० लाख बढीको कारोबार भएको छ । बैंकको हिजो १ अर्ब बढीको कारोबार भएको थियो । नेपाल बैंकले खुद ब्याज आम्दानीबाट नै राम्रो नाफा कमाएको र आकर्षक लाभांश क्षमता बनाएको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको बताईएको छ

आज नेशनल हाइड्रो सहित कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रो, खानी खोला हाइड्रो र जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज आईसीएफसी फाइनान्सको शेयर मूल्य सर्बाधिक ६.२७ प्रतिशत तथा माउन्टेन इनर्जीको शेयर मूल्य ५.३३ प्रतिशतले घटेको छ

आज कारोबारमा आएका मध्ये उत्पादन त्तहा प्रशोधन समुहको सूचक सबैभन्दा धेरै २.२८ प्रतिशतले बढेको छ भने होटेल तथा टुरिजम समुहको सूचक सबैभन्दा धेरै १.०२ प्रतिशतले घटेको छ

आज कारोबारमा आएका मध्ये ९१ कम्पनीको शेयर मूल्य घटेको छ भने ८८ कम्पनीको मूल्य बढेको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved