अरुण काबेलीको लाभांश घोषणा, हकप्रद पनि प्रस्ताव, भदौ २६ मा साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2021 | 07:59:07 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण काबेली पावर Arun Kabeli Power ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश गरि कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै बैठकले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको १:१ को अनुपातमा हुन आउने १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ । यद्यपि कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ ।

कम्पनीले भदौ २६ गते साधारणसभामा आह्वान गरेको छ । कम्पनीले साधारणसभा परयोजनको लागि भदौ १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

कम्पनीले साधारणसभामा कम्पनीको संचालक संख्या ७ जना बाट घटाएर ५ जना सिमित गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved