बैंकलाई ब्रोकर लाईसेन्सबारे नेप्सेले दियो अर्थ समितिले सोधेका १० प्रश्नको जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2021 | 02:04:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले अर्थ समितिले पुँजीबजारबारे दिएका सिफारिस कार्यन्वयनको समबन्धमा हालसम्म भए गरेका कार्यको विवरण पेश गरेको छ । अर्थ समितिबाट पारित पुँजी बजार र मुद्रा बजार सम्बन्धी अध्ययन प्रतिवेदन–२०७७ मा उल्लिखित बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने विषयमा नेप्सेले गर्नुपर्ने कार्यहरुको विवरणबारे समितिले गत सोमबार नेप्सेसंग छलफल गरेको थियो।

सो छलफलमा नेप्सेले हालसम्म गरेका कार्यको विवरण र आफ्नो धारणा  पेश गरेको हो । उक्त बैठक प्रतिवेदन कार्यन्वयनको विषयमा भन्दा नेप्सेका सीइओ चन्द्र सिंह साउदले खरिद गरेको सर्वोत्तम सिमेन्टको शेयरबारे बढी केन्द्रित भएपछि यो विषय ओझेलमा परेको थियो । त्यसो त अर्थ समितिले आगामी शुक्रबार फेरी नेस्पेसंग प्रतिवेदनको विषयमा छलफल गर्दै छ ।

यस्तो छ प्रतिवेदनमा वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र दलाल व्यवसाय अनुमति पत्र दिनेबारे उल्लेख विषय र नेप्सेले पेश गरेको जवाफ :

सहायक कम्पनी (Subsidiary Company) र मुख्य कम्पनी  (parent company) बीचको अन्तरसम्बन्ध, information fire wall system र शेयर खरिद विक्री कारोवारको सीमा के हुने ? 

नेपाल राष्ट्र बैंकले मिति २०७५÷९÷११ मा जारी गरेको परिपत्रमा वाणिज्य बैंकहरुले सहायक कम्पनीमार्फत नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई धितोपत्र व्यवसायी सम्बन्धी कार्य गर्न कम्तीमा ५१ प्रतिशत स्वामित्व हुने गरी सहायक कम्पनीमा लगानी गर्न सक्ने व्यवस्था गरेको । सहायक कम्पनीले धितोपत्र दलालको कार्य गर्दा मुख्य कम्पनीको धितोपत्र र त्यसका सञ्चालकहरुको कारोबार गर्न नसक्ने शर्त राखिएको । सूचीकृत धितोपत्रको मूल्यलाई असर गर्ने कुनै पनि सूचना तत्काल सार्वजनिक गर्नुपर्ने व्यवस्था सूचीकरण विनियमावलीले गरेको । 

भित्री कारोवारलाई नियन्त्रण वा निरुत्साहित गर्न कानुनी व्यवस्था पर्याप्त भए नभएको? 

नेपाल धितोपत्र बोर्डले भित्री सूचनाका आधारमा हुने कारोवारलाई नियन्त्रण गर्ने गरी नियमावली तर्जुमा गरेको ।  

त्यस्तो कारोवार पहिचान गर्न नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्ज लि.मा अन्तर्राष्ट्रिय स्तरको स्वचालित बजार सुपरिवेक्षण प्रणाली (Automated Market Surveillance System) को व्यवस्था भए नभएको ? 

नेप्सेको कारोबार प्रणालीमा Parameter Set गरी बजारमा हुन सक्ने अवाञ्छित कारोबार पहिल्याउन सकिने व्यवस्था गरिएको ।  

वास्तविक समय अनुगमन (Real Time Monitoring) गर्न आवश्यक संयन्त्र भए नभएको ? 

नेप्सेको कारोबार प्रणालीमा वास्तविका समयमा कारोबार गतिविधि अनुगमन गर्ने संयन्त्र भएको ।  

धितोपत्र बजारमा वास्तविक क्षेत्रको हिस्सा कति हुनुपर्ने ? 

अर्थतन्त्रको संरचना, प्रचलित ऐन कानुन, व्यावसायिक संस्कृति, पुँजी बजारको आकार, यसको दक्षता लगायतका विविध पक्षले निर्धारण गर्ने ।  

वाणिज्य बंैकका शाखाहरुले नै सहायक कम्पनीको काम गर्ने वा सहायक कम्पनीका अलग शाखाहरु देशव्यापी रुपमा सञ्चालित हुने ? 

मुख्य कम्पनीको बैंकिङ कारोबार र सहायक कम्पनीको धितोपत्र दलाल सम्बन्धी कारोबारका लागि अलग्गै पूर्वाधार तथा मानव संशाधनको व्यवस्था गर्नुपर्ने ।  

Open entry exit policy अनुरुप License दिदा के हुन्छ? 

नीतिगत र कानूनी व्यवस्था गरी Open entry exit policy अपनाउँदा पुँजी बजारको विकासमा सहयोग पु¥याउँछ ।  

Fully automation मा जाँदा Broker को संख्या घटाउनु वा बढाउनु के गर्नु पर्ने हो? 

बजार प्रतिस्पर्धा क्षमता र पेशाागत दक्षताले निर्धारण गर्ने । सकेसम्म नियम बनाएर Open Entry : Open Exit को ब्यवस्था गर्नु पर्ने । Fully automation  ले कारोबारलाई सहज मात्र बनाउने हुँदा पुँजी बजारका अन्य गतिविधि संचालन गर्न पुँजी, प्रविधि र व्यवस्थापकीय क्षमता भएका जोसुकै यो व्यवसायमा प्रवेश गर्न बहिर्गमन गर्न सक्ने वातावरण उपलब्ध हुनुपर्छ । हालको बजार अवस्थाले पनि थप दलाल व्यवसायी माग गर्छ ।  

Sale side र  Buy side information को सेवाग्राहीलाई सेवा दिने अवस्थामा दुबै तर्फका काम एउटै धितोपÞत्र व्यवसायीले गर्ने वा नगर्ने  ? गर्ने भएमा  त्यसको लागि Fire wall को व्यवस्था कसरी गर्ने ? 

दोस्रो बजार सञ्चालनको आधारभुत सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्यास अनुरुप धितोपत्र दलालले ग्राहकलाई धितोपत्र खरिद तथा बिक्री सम्बन्धी दुवै सेवा प्रदान गर्न सक्छ÷गर्नुपर्छ ।  

हालका धितोपÞत्र व्यवसायीले तोकिएको परीक्षा दिई उत्तिर्ण भएको आधारमा ब्रोकर लाइसेन्स पÞाउने व्यवस्था रहेकोमा बैंकका सहायक कम्पÞनीहरुलाई यो व्यवस्था कसरी लागू गर्ने ? 

बैंकका सहायक कम्पÞनीहरुका हक दलाल छनौट कार्यविधि संशोधन गरी लागु गरिएको । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved