दोहोरो अंकले बढेको बजारमा २१ अर्ब बढीको कारोबार, एनएचपिसी र अपिमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2021 | 03:28:25 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ३७.८७ अंकले बढेर ३१९८.१९ को बिन्दुमा  पुगेको हो ।  

आज कारोबारमा आएका २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७ सय ५१ कित्ता शेयर खरिद बिक्रिबाट २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजर २ सय ६९ रुपैयाँको कारोबार भएको छ । जस मध्ये नेशनल हाइड्रोको मात्र ७८ करोड ८७ लाख बराबरको कारोबार भएको छ । त्यस्तै अपि पावरको ६३ करोड ४६ लाख, लुम्बिनी विकास बैंकको ५९ करोड ७६ लाख, महालक्ष्मी विकास बैंकको ५७ करोड ६९ लाख, तथा ज्योति विकास बैंकको ५६ करोड १५ लाख बराबरको कारोबार भएको छ । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये म्युचुअल फण्ड, अन्य र ट्रेडिङ समुह बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये विकास बैंक समुह सबैभन्दा  धेरै ५.६१ प्रतिशतले बढेको छ भने फाइनान्स समुह ४.७९ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड समुह सबभन्दा धेरै १.३९ प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका मध्ये अरुण भ्याली हाइड्रो, अरुण काबेली, शिवम सिमेन्ट, जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने आँखु खोला हाइड्रोको मूल्य ९.९८ प्रतिशत र महालक्ष्मी विकास बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । 

आज कारोबारमा आएका मध्ये ११८ कम्पनिको मूल्य बढेको छ भने ६२ कम्पनीको मूल्य घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved