खानीखोला हाइड्रोलाई स्पष्टिकरण सोध्ने विद्युत नियमन आयोगको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2021 | 04:06:14 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत नियमन आयोगले खानीखोला हाइड्रो Khanikhola Hydropower  लाई स्पष्टिकरण सोध्ने भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा त्रुटी देखिएपछि आयोगले कम्पनीलाई स्पष्टिकरण सोध्ने भएको हो । 

आयोगका नियमन तथा बाह्य मामिला सदस्य एवम प्रवक्ता डा. राम प्रसाद धितालले आज आयोगको बैठक बसेर स्पष्टिकरण सोध्ने तयारी भएको बताए । 

उनले कम्पनीसंग लेखापरिक्षण सम्पन्न गरिएको पछिल्लो प्रतिवेदन र वित्तीय विवरणहरु, आर्थिक वर्ष ७७/७८ को वित्तीय विवरणहरु, चौमासिक वित्तीय विवरण, कम्पनीले नेपाल विद्युत प्राधिकरणसंग रकम मागदाबी गरेको विवरण, त्यसमा प्राधिकरणले दिएको जवाफको विवरण लगायत माग गरिने बताएका हुन् । कम्पनीले यी विवरण पठाएपछि त्यसको अध्ययन गरेर आवश्यक कारवाही गर्ने तयारी आयोगले गरेको हो । 

खानी खोलाले वित्तीय विवरण प्रकाशित गर्दा नेपाल विद्युत प्राधिकरणसंग लिन बाँकि ४१ करोड ३ लाख रुपैयाँलाई समेत आम्दानीमा देखाएर नाफा बढेको देखाएको छ । सोहि कारण कम्पनीको शेयर मूल्य हरेक दिन १० प्रतिशतको दरले बढिरहेको छ । जबकी यो रकम प्राधिकरणले कहिले दिन्छ भन्ने टुंगो छैन । अन्य आयोजनाहरुले अनि विभिन्न शिर्षकमा नेपाल सरकार, उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणसंग रकम लिन बाँकि रहेको छ । तर अन्यले भने यसरी लिन बाँकि रहेको रकमलाई आम्दानीमा देखाउने गरेका छैनन् । गलत वित्तीय विवरण निकालेर मूल्यमा चलखेल गरेको भन्दै आयोगले कम्पनीलाई स्पष्टिकरण सोध्न लागेको हो । 

त्यस्तै आयोगले हल्लाको भरमा नभई कम्पनीको बारे अध्ययन गरेर मात्र लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको छ । आयोगले यसबारे छुट्टै सूचना निकाल्ने तयारी समेत गरेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved