व्यक्तिको 'गल्ती' मा सँस्थालाई पत्र काटेपछि अर्थमन्त्री पनि तानिए, नियतमाथि आशंका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2021 | 11:55:31 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्टको संस्थापक सेयर किनबेच प्रकरणलाई लिएर व्यवस्थापिका संसदको अर्थ समितिले अर्थमन्त्रालयलाई पनि छलफलमा डाकेको छ। व्यक्तिले परिवारको सदस्यको नाममा सेयर किनेको प्रकरणमा संस्थासँग स्पष्टिकरण मागेको सम्बन्धमा समितिले अर्थलाई छलफलमा डाकेको हो। 

व्यक्तिले गरेको गल्तीमा संस्थालाई मुछ्न नहुने निष्कर्ष सहित अर्थ समितिले अर्थमन्त्रालयलाई छलफलमा डाकेको हो। व्यक्तिले सँस्थाले दिएको अधिकारको दुरुपयोग गरि आफ्नो हितमा काम गरेको बिषयमा संस्थासँग स्पष्टिकरण माग्नुको कारण खोज्दै समितिले अर्थमन्त्रीलाई पनि छलफलमा डाकेको हो। 

अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगाना, बोर्ड संचालक चन्द्र ढकाल र नेप्सेका सीईओ चन्द्र सिंह साउदलाई पत्र काट्नुको साट्टो धितोपत्र बोर्ड र नेप्सेसँग स्पष्टीकरण माग्दै पत्र काटेको थियो। बोर्ड अध्यक्ष ढुंगानाले पनि संस्था मिलेर गल्ति गरेको शैलीमा सेबोनका उच्च तहका सबै कर्मचारीको हस्ताक्षर सहितको स्पष्टिकरण अर्थलाई बुझाएका थिए। 

यो पनि: सेयरबजारका यी 'खलनायक' लाई कारबाही गर्न नसके अर्थमन्त्री शर्माले राजिनामा दिए हुन्छ 

तर व्यक्तिले गरेको गल्तीमा संस्थालाई पत्र काट्नु र संस्थाका कर्मचारीको हस्ताक्षर सहित स्पष्टिकरण बुझ्नुमा अर्थ मन्त्रालयकै नियतमाथि प्रश्न खडा भएको भन्दै अर्थमन्त्रालयसँग अर्थ समितिले स्पष्टिकरण लिने उदेश्यले उनीहरुलाई छलफलमा डाकेको हो।    

अर्थ समितिले यसबारे स्पष्टिकरण लिनलाई अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधु कुमार मरासिनी सहितको अर्थको टिमलाई छलफलका लागि यहि शुक्रबार ११ बजे डाकेको हो।

व्यक्तिको कमजोरीलाई संस्थासँग जोडेर स्पष्टिकरण सोधेपछि समितिका सांसदहरुले अर्थमन्त्रालयसँग पनि छलफल आवश्यक रहेको बताएका थिए । व्यक्तिको कमजोरीमा संस्थालाई किन स्पष्टिकरण सोधियो भन्दै समितिका सदस्यहरुले प्रश्न गरेपछि भदौ ४ गते शुक्रबार अर्थ मन्त्रालयसँग पनि छलफल गर्ने निर्णय समितिले गरेको हो ।  

अर्थसमितिले यस अघि धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगाना र नेप्सेका प्रमूख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पनि छलफलमा डाकिसकेको छ। बोर्ड अध्यक्ष ढुङ्गानाले आफ्नी विवाहीता छोरीको नाममा भएको शेयर कारोबारका लागि विद्यमान कानुनले नरोकेको जवाफ दिएका थिए भने साउदले सर्वोत्तमको सेयर किन्नु आफ्नो कमजोरी भएको भन्दै गल्ति स्वीकार गरेका थिए।

धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाको आफ्नी छोरी रेबिका, बोर्डका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालका सहोदर भाई एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकाल र नेप्से प्रमुख साउदकी श्रीमती शूशीलाको नाममा बुक विल्डिङ विधि मार्फत मूल्य निर्धारणका लागि धितोपत्र बोर्डमा आवेदन दिएको सर्वोत्तमको शेयर कारोबार भएको थियो।

नियामक निकायका प्रमुख व्यक्तिका परिवारका सदस्यको नामबाट नै सर्वोत्तमको शेयर खरिद भएपछि यो बिषय विवादित बनेको हो। यो प्रकरणले नियामकहरुको नैतिकता माथि नै गम्भीर प्रश्न समेत उब्जिएको छ।  

समितिले शुक्रबार अर्थ मन्त्रालयसँगको छलफल पछि आवश्कताका आधारमा अध्ययनका लागि उपसमिति गठन गर्ने भएको छ। कानुनको छिद्र प्रयोग गरेर योजनाबद्द तरिकाले नियामक र पहुँचवालाबाट सर्वोत्तमको सेयर खरिद गरिएको बिषयले नैतिकता माथि पनि पश्न उठेको समितिको निष्कर्ष रहेको र थप अध्ययनकालागि उपसमिति गठनको आवश्यकता रहेको बताईएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved