राधी विद्युतको बोनस शेयर पाउन यसरी तिर्नुस् कर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2021 | 01:49:34 PM मा प्रकाशित

laxmi  sunrise bank

राधी विद्युत कम्पनीले बोनस पाउँनको लागि कर तिर्न आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको मुनाफाबाट ३६.५ प्रतिशत बोनस वितरण गर्न लागेको हो । ३६.५ प्रतिशतले हुन आउने १७ लाख २८ हजार ४ सय ८१ दशमलव २२५ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भइसकेको छ 

सोहि शेयर पाउँनको लागि कर तिर्न कम्पनीले आग्रह गरेको छ  । कम्पनीले अनलाइनबाट नै कर तिर्न सकिने जनाएको छ । कम्पनीले कनेक्ट आईपीएसबाट कम्पनीको खातामा कर वापतको रकम तिर्न वा बैंक अफ काठमाडौँको जुन सुकै शाखामा गई बैंकको कमलपोखरी शाखामा खोलिएको बैंक खातामा रकम जम्मा गर्न आग्रह गरेको हो । कम्पनीले कर जम्मा गरिसकेपछि कर जम्मा गरेको भौचर कम्पनीको इमेल आईडिमा [email protected] मा पठाउन आग्रह गरेको छ । कर जम्मा गर्दा आफ्नो डिम्याट खाता लेख्न पनि कम्पनीले आग्रह गरेको छ । 

आफुले तिर्नु पर्ने कर वापतको रकम र बोनस वापत आउने शेयरको विवरण कम्पनीको वेबसाइटमा रहेको dividend result  मा क्लिक गरेर आफ्नो डिम्याट खाता हालेर वा यहाँ क्लिक हेर्न सकिने छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved