मेगा क्यापिटलको म्युचुअल फण्ड आजदेखि बिक्रिमा, १ करोड इकाईसम्म आवेदन दिन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2021 | 08:15:52 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा क्यापिटल Mega Capital Markets  ले आज भदौ ४ गतेदेखि आफ्नो पहिलो सामुहिक लगानी कोष योजनाको इकाई बिक्रि खुला गरेको छ । क्यापिटलले मेगा म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको मेगा म्युचुअल फण्ड १ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गरेको हो ।

क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये १ करोड ५० लाख इकाई वा बिक्रि भएको मध्ये १५ प्रतिशत इकाई कोष पबर्दक मेगा बैंकलाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिनु पर्ने छ । यस निष्काशनमा छिटोमा भदौ १० गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने छ । 

क्यापिटलले योजनाको इकाई निष्काशनको लागि अनुमति माग गर्दै  बैशाख २२ मा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । बोर्डले साउन २८ मा अनुमति प्रदान गरेको थियो ।  मेगा क्यापिटलले संचालन गर्न लागेको यो नै पहिलो म्युचुअल फण्ड योजना हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved