कहिलेसम्म कायम इकाईधनीले पाउँछन् एनएमबि क्यापिटलको २ वटा म्युचुअल फण्डको लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2021 | 09:15:13 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि क्यापिटल NMB Capital  ले आफ्ना सामुहिक लगानी कोष योजनाहरुको लाभांश वितरणको बुक क्लोज तय गरेको छ  । क्यापिटलले लाभांश बितरणको लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस संगै भदौ १७ गतेसम्म कायम इकाईधनीहरुले मात्र लाभांश पाउँन सक्ने छन् ।

 योजना ब्यबस्थापक एनएमबी क्यापिटलको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरिसकेको छ  । जस अनुसार एनएमबि हाइब्रिड फण्ड एल वानले २० प्रतिशत तथा एनएमबि फिफ्टी नामक म्युचुअल फण्डल ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यो दुवै योजना एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित योजना हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved