एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश पुन: लगानी गर्न मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2021 | 11:48:01 AM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया क्यापिटलले खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिएको प्रतिफललाई पूनः लगानी गर्न मिल्ने गरि Dividend Re-investment Plan संचालन गरेको छ  । उक्त योजनामा सहभागी हुनको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइटमा रहेको आवेदन फारम भरि उक्त प्रतिफल रकम बराबरको इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा पठाइदिने क्यापिटलले जनाएको छ  । 

भदौ १० गते सम्म आवेदन दिने इकाईधनीहरु मात्र सहभागी हुन सक्ने छन् । एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने घोषणा गरिसकेको छ।  

प्रतिफल वितरण गर्नको लागि मिति साउन २८ गते इकाईधनी दर्ता किताव बन्द गरिएको क्यापिटलएल जनाएको छ । यहाँ क्लिक गरेर पनि यस योजनामा सहभागी हुन् सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved