नियामकले सर्वोत्तम सिमेन्टको शेयर किनेको विषयको छानविन भईरहेको छ : मन्त्री शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2021 | 12:18:31 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका नियामक निकायका प्रमुखले परिवारको नाममा शेयर किनेको विषमा छानविन भईरहेको बताएका छन् । आजको अर्थ समितिको बैठकमा मन्त्री शर्माले यस विषयमा विज्ञ सहित राखेर ५ सदस्यीय छानविन समिति बनाईएको र समितिले छानविन गरिरहेको बताएका हुन्

यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र छानविन समितिको प्रतिवेदन आएपछि कारवाही गर्ने उनको भनाई थियो । 

बैठकमा अर्थसचिव मधु मरासिनीले सुरुमा नेपाल धितोपत्र र्बोर्ड र नेपाल स्टक एक्सचेन्जको नाममा स्पष्टिकरण सोधिएको  र साउन २७ गते बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको नाममा स्पष्टिकरण सोधिएको बताए ।  यस शेयर कह्रिड बिक्रि प्रकरणमा अरु आफन्त पनि संलग्न भएको देखिएकोले छानविन भईरहेको बताए ।  

बोर्डका अध्यक्ष् ढुंगाना र नेप्सेका सीइओ साउदले आफ्नो परिवारको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको भेटिएपछि अर्थ समितिले यस विषयमा छलफल गरिरहेको छ ।  समितिले यस अघि बोर्ड अध्यक्ष ढुंगाना र नेप्से सीइओ साउदलाई बोलाएर छुट्टै छुटै छलफल गरेको थियो ।  आज समितिले अर्थ मन्त्री र अर्थ सचिवलाई बोलाएर छलफल गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved