नियामक र तिनका परिवारले शेयर कारोबार गर्न नपाउने ब्यबस्था गर्नुपर्छ : सभापति दाहाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2021 | 12:56:27 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले शेयर बजारका नियामक निकायमा रहनेहरुले शेयर कारोबार गर्न नपाउने ब्यबस्था लागु गर्नु पर्ने बताएका छन् । आजको बैठकमा सभापति दाहालले धितोपत्र बोर्ड, नेप्से, सिडीएस लगायतका नियामक रहनेहरुले र उनीहरुको परिवारका सदस्यहरुले शेयर कारोबार गर्न नपाउने ब्यबस्था गर्नको लागि अर्थ मन्त्रालयलाई निर्देशन दिनु पर्ने बताएका हुन् । 

समितिको आजको बैठकमा सांसद राम कुमारी झाक्रीले सर्वोत्तम सिमेन्टको शेयर खरिद बिक्रिमा संलग्न रहेका नियामक निकायका जिम्मेवार व्यक्तिहरुलाई तत्काल निलम्बन गर्न माग गरेकी छिन्  ।   उनले शेयर खरिद बिक्रिमा संलग्न बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बोर्डका संचालक चन्द्र ढकाललाई तत्काल निलम्बन गरेर छानविन गर्न माग गरेकी हुन् ।  

सांसद झाक्रीले उनीहरुलाई निलम्बन गरेर छानविन गर्नु पर्ने माग राखेकी हुन् । निलम्बन नगरी छानविन गर्दा छानविन प्रक्रिया प्रभावित हुन सक्ने भएकोले निलम्बन गरेर मात्र छानविन गर्नु पर्न  उनको भनाई थियो । 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका नियामक निकायका प्रमुखले परिवारको नाममा शेयर किनेको विषमा छानविन भईरहेको बताएका छन् ।  मन्त्री शर्माले यस विषयमा विज्ञ सहित राखेर ५ सदस्यीय छानविन समिति बनाईएको र समितिले छानविन गरिरहेको बताएका हुन्। यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र छानविन समितिको प्रतिवेदन आएपछि कारवाही गर्ने उनको भनाई थियो । 

बैठकमा अर्थसचिव मधु मरासिनीले सुरुमा नेपाल धितोपत्र र्बोर्ड र नेपाल स्टक एक्सचेन्जको नाममा स्पष्टिकरण सोधिएको  र साउन २७ गते बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको नाममा स्पष्टिकरण सोधिएको बताए ।  यस शेयर कह्रिड बिक्रि प्रकरणमा अरु आफन्त पनि संलग्न भएको देखिएकोले छानविन भईरहेको बताए ।  

बोर्डका अध्यक्ष् ढुंगाना र नेप्सेका सीइओ साउदले आफ्नो परिवारको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको भेटिएपछि अर्थ समितिले यस विषयमा छलफल गरिरहेको छ ।  समितिले यस अघि बोर्ड अध्यक्ष ढुंगाना र नेप्से सीइओ साउदलाई बोलाएर छुट्टै छुटै छलफल गरेको थियो ।  आज समितिले अर्थ मन्त्री र अर्थ सचिवलाई बोलाएर छलफल गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved