बोर्ड अध्यक्ष ढुंगाना र नेप्से सीइओ साउदलाई कारवाही गर्न अर्थ समितिको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2021 | 02:01:46 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ समितिले सर्वोत्तम सिमेन्टको शेयर खरिदमा संलग्न नियामक निकायका पदाधिकारीमाथि भईरहेको छानविन यथाशिघ्र सम्पन्न गरि कारवाही अघि बढाउँन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले आज अर्थ मन्त्री र अर्थमन्त्रालयका सचिव संग छलफल गरेपछि   छानविन यथाशिघ्र सम्पन्न गरि कारवाही अघि बढाउँन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

यस्तो छ समितिले दिएको निर्देशन : 

१. पुंजी बजारको दिगो  विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रमा स्वच्छता, पारदर्शिता, सदाचार, नैतिकता, साथै जिम्मेवारी र जवाफदेहीता प्रबर्दन गर्न नीतिगत, कानुनी, संरचनात्मक, ब्यबस्थापकीय, प्रविधिगत र कार्यशैलीगत पक्षमा गर्नु पर्ने सुधारको खाका तयार गरि समितिलाई जानकारी गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने ।

२. नेपाल धितोपत्र  बोर्ड र नेप्सेका पदाधिकारीहरुले पदीय मर्यादा अनुकुल नहुने गरि अनुचित लाभ लिन गरेको भनिएको शेयर कारोबारको समबन्धमा अर्थ मन्त्रलायबाट अध्ययन/छानविन भईरहेको जानकारी माननीय मन्त्रीज्यु र अर्थ सचिव ज्युबाट प्राप्त भएकोले उक्त छानविन यथाशिघ्र सम्पन्न गरी कानुन बमोजिम आवश्यक कारवाही अगाडी बढाउन र सो को जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने । 


आजको बैठकमा सांसद राम कुमारी झाक्रीले सर्वोत्तम सिमेन्टको शेयर खरिद बिक्रिमा संलग्न रहेका नियामक निकायका जिम्मेवार व्यक्तिहरुलाई तत्काल निलम्बन गर्न माग गरेकी थिइन्।  अर्थ समितिको आजको बैठकमा उनले शेयर खरिद बिक्रिमा संलग्न बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बोर्डका संचालक चन्द्र ढकाललाई तत्काल निलम्बन गरेर छानविन गर्न माग गरेकी थिइन् ।  

सांसद झाक्रीले उनीहरुलाई निलम्बन गरेर छानविन गर्नु पर्ने माग राखेकी हुन् । निलम्बन नगरी छानविन गर्दा छानविन प्रक्रिया प्रभावित हुन सक्ने भएकोले निलम्बन गरेर मात्र छानविन गर्नु पर्न  उनको भनाई थियो । तर उनको माग अनुसारको निर्देशन भने समितिले दिएको छैन । 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका नियामक निकायका प्रमुखले परिवारको नाममा शेयर किनेको विषमा छानविन भईरहेको बताएका छन् ।  मन्त्री शर्माले यस विषयमा विज्ञ सहित राखेर ५ सदस्यीय छानविन समिति बनाईएको र समितिले छानविन गरिरहेको बताएका हुन्। यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र छानविन समितिको प्रतिवेदन आएपछि कारवाही गर्ने उनको भनाई थियो । 

बैठकमा अर्थसचिव मधु मरासिनीले सुरुमा नेपाल धितोपत्र र्बोर्ड र नेपाल स्टक एक्सचेन्जको नाममा स्पष्टिकरण सोधिएको  र साउन २७ गते बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको नाममा स्पष्टिकरण सोधिएको बताए ।  यस शेयर कह्रिड बिक्रि प्रकरणमा अरु आफन्त पनि संलग्न भएको देखिएकोले छानविन भईरहेको बताए ।  

बोर्डका अध्यक्ष् ढुंगाना र नेप्सेका सीइओ साउदले आफ्नो परिवारको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको भेटिएपछि अर्थ समितिले यस विषयमा छलफल गरिरहेको छ ।  समितिले यस अघि बोर्ड अध्यक्ष ढुंगाना र नेप्से सीइओ साउदलाई बोलाएर छुट्टै छुटै छलफल गरेको थियो ।  आज समितिले अर्थ मन्त्री र अर्थ सचिवलाई बोलाएर छलफल गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved