१ महिनाको अवधि मै १ अर्ब बढीको बोनस शेयर दर्ता, कुन कम्पनीको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2021 | 07:44:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डमा १ महिनाको अवधि मै १ अर्ब बढीको बोनस शेयर दर्ता भएको छ । आर्थिक वर्ष ७८/७९ को पहिलो महिनामा नै १३ कम्पनीको १ अर्ब ७ करोड १९ लाख ७ हजार ५ सय ९५ रुपैयाँ बराबरको १ करोड ७ लाख १९ हजार ७५ दशमलव ९६ कित्ता बोनस शेयर सुचिकृत भएको हो । बोर्डका अनुसार यो साउन २८ गतेसम्मको तथ्यांक हो ।

बोर्डका अनुसार बोनस दर्ता गराउने १३ कम्पनी मध्ये ८ वटा लघुवित्त कम्पनी रहेका छन् भने २ वटा इन्स्योरेन्स कम्पनी, एउटा फाइनान्स, एउटा हाइड्रो, र अन्य समुहको १ कम्पनी रहेको छ । यी कम्पनीहरुले आर्थिक वर्ष ७६/७७ को बोनस हुन् ।

बोनस दर्ता भएपछि नेपाल स्टक एक्सचेन्जमा यी शेयर सुचिकृत हुनु पर्छ । नेप्सेमा शेयर सुचिकृत भएपछि आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । यी मध्ये केहि कम्पनीको बोनस शेयर नेप्सेमा सुचिकृत भईसकेको छ ।

हेर्नुस कुनको कति बोनस शेयर सुचिकृत ?

फरवार्ड माइद्रोफाइनान्सको २५ प्रतिशतले हुन आउने १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता, प्रुडेन्शियल इन्स्योरेन्सको ८ प्रतिशतले हुन आउने ८ लाख २१ हजार १ सय ४५ कित्ता, नेपाल एग्रो लघुवित्तको १४ प्रतिशतले हुन आउने ८० हजार १ सय ४२ दशमलव २६ कित्ता, मिथिला लघुवित्तको १२ प्रतिशतले हुन आउने १ लाख ४६ हजार ८९ दशमलव १ कित्ता , रिलायन्स फाइनान्सको १० प्रतिशतले हुन आउने ८ लाख ३२ हजार १ सय ४६ दशमलव ०६ कित्ता तथा सबैको लघुवित्तको १०.५० प्रतिशतले हुन आउने १ लाख ९५ हजार ७ सय ७२ दशमलव ५० कित्ता शेयर दर्ता भएको छ ।

त्यस्तै राधी विद्युत कम्पनीको ३६.५० प्रतिशतले हुन आउने १७ लाख २८ हजार ४ सय ८१ दशमलव २३ कित्ता शेयर, नयाँ सारथी लघुवित्तको ८.१३ प्रतिशतले हुन् आउने १ लाख ९१ हजार ५ सय २० कित्ता, सुर्योदय लघुवित्तको १५.३५ प्रतिशतले हुन आउने ३ लाख ३० हजार कित्ता तथा स्वाबलम्बन लघुवित्तको १९.०१ प्रतिशतले हुन आउने १५ लाख ६ हजार ६ दशमलव १६ कित्ता शेयर दर्ता भएको छ ।

साथै नेरुदे लघुवित्तको ८ प्रतिशतले हुन आउने ८ प्रतिशतले हुन आउने ३ लाख ६५ हजार ८ सय ३५ दशमलव २४ कित्ता शेयर, लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशतले हुन आउने ५ लाख ७० हजार ९ सय कित्ता र नागरिक लगानी कोषको ९ प्रतिशतले हुन आउने २७ लाख कित्ता बोनस शेयर दर्ता भएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved