मेरो माइक्रोफाइनान्सको झन्डै ६ लाख कित्ता शेयर आजदेखि लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2021 | 08:37:34 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था Mero Microfinance Bittiya Sanstha  को झन्डै ६ लाख कित्ता बढी संस्थापक शेयर आजदेखि लिलाममा आएको छ । कम्पनीले आज भदौ ८ गतेदेखि  ५ लाख ८३ हजार ५ सय ९८ कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो  । 

कम्पनीले आज भदौ ८ देखि भदौ १६ गतेसम्म यी संस्थापक शेयर लिलाम गर्न लागेको हो । शेयर लिलाम प्रक्रियाको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले ति शेयरको न्युनतम मूल्य प्रति कित्ता ५८० रुपैयाँ कायम गरेकोले आवेदन दिंदा सो भन्दा बढी मूल्य कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

आवेदन दिंदा न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । ५ लाख भन्दा बढी रकमको लागि आवेदन दिंदा प्यान नम्बर अनिवार्य उल्लेख गर्नु पर्ने छ   ।

हाल कायम संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, कम्पनी , संघ, संस्थाले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने छन् ।  आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  नियामक निकायले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। हाल कायम शेयरधनीले भने आफ्नो शेयरधनी नम्बर पनि उल्लेख गर्नु पर्ने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved