नेप्से सीइओ साउद पत्रकार सम्मेलन गर्दै, राजिनामाको चर्चा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2021 | 04:25:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृतले अचानक पत्रकार सम्मलेनको आयोजना गरेका छन् । उनले आज मंगलबार साँझ ५ बजे नेप्सेको कार्यालयमा नै पत्रकार सम्मलेनको आयोजना गरेका हुन् । 

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका उनले आयोजना गरेको पत्रकार सम्मलेनलाई चासोका साथ हेरिएको छ । उनले राजिनामा दिनसक्ने पनि बताईएको छ । त्यसो त उनको कार्यकाल अब करिब ५ हप्ता मात्र बाँकि छ । उनको कार्यकाल आगामी असोज २२ सम्म मात्र छ । 

यस अघि अर्थ समितिको बैठकमा  उनले परिवारको नाममा शेयर खरिद गरेर गल्ति महशुश भएको बताएका थिए । साथै अर्थ समितिले उनी सहित नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानालाई पनि कारवाही गर्न निर्देशन दिएको छ । 

सोहि अनुसार अर्थ मन्त्रालयले थप कारवाही प्रक्रिया अगाडी बढाउने तयारी गरेपछि उनले राजिनामा दिन सक्ने अनुमान नेप्से भित्रै छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved