१८ फाइनान्स मध्ये बढी लाभांश दिन सक्नेमा मन्जुश्री अगाडी, अन्यको क्षमता कति ?

म नो ज /बिजपाटी

म नो ज /बिजपाटी

Aug 25, 2021 | 11:23:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर बजारमा सुचिकृत बैंक वित्तीय सँस्थाहरुले गत आर्थिक बर्षको प्रगति विवरण अर्थात वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उनीहरुको वित्तीय विवरण सार्वजनिक भए पश्चात बजारमा लगानीकर्तामाझ कसले कति लाभांश देला भन्ने चर्चा सुरु भएको छ। 

वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा संचालनमा रहेका सुचिकृत १८ मध्ये १५ फाइनान्सले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। समस्याग्रस्त अवस्थामा रहेका हिमालयन फाइनान्स, नेपाल सेयर मार्केट र क्यापिटल मर्चेन्टले बाहेक अरु १५ फाइनान्सले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्। 

सार्वजनिक वित्तीय विवरणअनुसार १५ वटा फाइनान्स गत आर्थिक बर्ष नाफामा रहेका छन् तर तीनवटा फाइनान्स बेस्ट फाइनान्स, नेपाल फाइनान्स, र समृद्धि फाइनान्सको वितरणयोग्य मुनाफा नोक्सानीमा छ।  

१८ मध्ये समस्याग्रस्त अवस्थामा रहेका तीनवटा फाइनान्स बाहेक पनि थप तीनवटा फाइनान्सले लाभांश वितरण गर्न सक्ने अवस्थामा छैनन्। नाफामा रहेका फाइनान्सहरुमा पनि उनीहरुले वितरण गर्न सक्ने लाभांश क्षमता र वितरण गर्ने लाभांश फरक फरक रहेको छ। त्यसमा पनि २०७८ भदौ १५ गतेसम्म प्राप्त ब्याज आम्दानीलाई पनि गत आर्थिक बर्षको आम्दानीमा लेखांकन गर्न पाईने व्यवस्थाले सार्वजनिक वित्तीय विवरणमा उल्लेख लाभांश क्षमता भन्दा थप बढेर आउँन सक्छ। 

यो पनि: २७ वाणिज्य बैंक मध्ये बढी लाभांश दिन सक्नेमा नबिल अगाडी, अरु कुन बैंकको कति ?

यहाँ उल्लेख गरिएको फाइनान्सहरुको लाभांश क्षमता र दिन सक्ने लाभांशको दर फाइनान्सहरुको बिभिन्न कोषहरुमा भएको पैसा र अहिले सार्वजनिक भएको चौथो त्रैमासको वित्तीय विवरणलाई आधार मानेर तयार गरिएको हो।

१५ वटा फाइनान्सहरु मध्ये मन्जुश्री फाइनान्सले गत आर्थिक बर्ष सबै भन्दा बढी खुद मुनाफा आर्जन गरेको छ भने उसलाई गुर्खाज, आइसीएफसी,गुडविल, रिलायन्स फाइनान्सले पछ्याएका छन्। 

मन्जुश्री फाइनान्सले ५६ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्दा उसलाई पछ्याएका गुर्खाजले २० करोड १८ लाख, आइसीएफसीले १९ करोड ६२ लाख, गुडविलले १८ करोड ३१ लाख र रिलायन्स फाइनान्सले १३ करोड ६६ लाख खुद मुनाफा आर्जन गरेका छन्।  

यो पनि: १७ विकास बैंक मध्ये बढी लाभांश दिन सक्नेमा एक्सेल अगाडी, अन्यको क्षमता कति ?

त्यस्तै १८ वटा फाइनान्स मध्ये प्रति सेयर आम्दानी सबै भन्दा बढी मन्जुश्री फाइनान्सको रहेको छ भने गुर्खाज, गुडविल, आइसीएफसी, रिलायन्सले उसलाई पछ्याएका छन्। मन्जुश्री फाइनान्सको प्रति सेयर आम्दानी ५८ रुपैयाँ ८५ पैसा हुँदा उसलाई पछ्याएका गुर्खाजको २३ रुपैयाँ २६ पैसा, गुडविलको २१ रुपैयाँ १२ पैसा, आइसिएफसीको १९ रुपैयाँ १६ पैसा र रिलायन्स फाइनान्सको १४ रुपैयाँ ९२ पैसा रहेको छ। 

त्यस्तै सबैभन्दा बढी लाभांश क्षमता मन्जुश्रीको रहेको छ भने सबै भन्दा बढी लाभांश बाड्न सक्नेमा पनि मन्जुश्री फाइनान्स नै अगाडी रहेको छ। मन्जुश्री फाइनान्सको लाभांश क्षमता ५०।३० प्रतिशत रहेपनि उसले बाँड्न सक्ने लाभांश ४५ प्रतिशत बोनस र ४।५० प्रतिशत नगद लाभांश हुन सक्छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved