मेगा क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 08:44:08 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा क्यापिटल Mega Capital Markets  ले निष्काशन गरेको आफ्नो पहिलो सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने आज भदौ १० गते अन्तिम दिन रहेको छ  । क्यापिटलले भदौ ४ गतेदेखि  मेगा म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको मेगा म्युचुअल फण्ड १ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गरेको हो ।

क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये १ करोड ५० लाख इकाई वा बिक्रि भएको मध्ये १५ प्रतिशत इकाई कोष पबर्दक मेगा बैंकलाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिनु पर्ने छ ।  

क्यापिटलले योजनाको इकाई निष्काशनको लागि अनुमति माग गर्दै  बैशाख २२ मा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । बोर्डले साउन २८ मा अनुमति प्रदान गरेको थियो ।  मेगा क्यापिटलले संचालन गर्न लागेको यो नै पहिलो म्युचुअल फण्ड योजना हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved