भिष्म ढुंगानाको भाई र बुहारीको नाममा पनि सर्वोत्तम सिमेन्टको शेयर रहेको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 09:36:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको भाई र बुहारीको नाममा पनि सर्वोत्तम सिमेन्टको शेयर रहेको खुलासा भएको छ । नियामक निकायका प्रमुखको नाममा सर्वोत्तम सिमेन्टको शेयर रहेको खुलासा गरेको हिमाल खबरले उनको भाई र बुहारीको नाममा पनि सर्वोत्तम सिमेन्टको शेयर रहेको खुलासा गरेको हो 

बोर्ड अध्यक्ष ढुंगानाले विवाहित छोरीले शेयर खरिद गर्दा आफ्नो गल्ति नहुने बताउदै आएका थिए । तर उनको भाई र बुहारीको नाममा पनि सर्वोत्तम सिमेन्टको शेयर रहेको खुलासा भएको हो 

हिमाल खबरका अनुसार बोर्ड अध्यक्ष ढुंगानाका सहोदर भाइ मणि ढुंगानाका नाममा कम्पनीको १७ हजार ८६८ कित्ता र बुहारी रोशन ढुंगानाका नाममा ५ हजार ८५६ कित्ता शेयर रहेको खुलेको हो । दर्ता किताबमा मणिको नाम मनि उल्लेख छ ।  मणि ढुंगानाको अभिभावकको नाममा नन्दराज ढुंगाना र रोशन ढुंगानाको अभिभावकमा भीष्मराज ढुंगाना उल्लेख गरिएको छ। यस अघि अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाका नाममा सर्वोत्तम सिमेन्टको ११ हजार ९१२ कित्ता शेयर रहेको खुलेको थियो।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको श्रीमतीको नाममा पनि कम्पनीको शेयर रहेको खुलेको थियो । उनले नैतिकतामा आधारमा छानविनमा सघाउन भन्दै राजिनामा दिईसकेका छन् । त्यस्तै बोर्ड कै संचालक समिति सदस्य चन्द्र ढकालको भाईको नाममा पनि शेयर रहेको खुलेको थियो । उनले पनि बोर्ड सदस्यबाट राजिनामा दिईसकेका छन् । 

ढुंगानाले भने विवाहित छोरीले शेयर खरिद गर्दा आफ्नो गल्ति नहुने बताउदै आएका छन् । तर अब उनको भाई र बुहारीको नाममा पनि शेयर भेटिएपछि उनी माथि थप दबाब परेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved