लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख कित्ता बढी शेयर लिलाम गर्दै सनराइज बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2021 | 08:39:30 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २ सय ८७ कित्ता शेयर आज भदौ ११ गतेदेखि लिलाममा ल्याएको हो 

बैंकले यी शेयरको न्युनतम मूल्य ४२१ रुपैयाँ ६३ पैसा कायम गरेको छ । सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

यस लिलामीको शेयरमा हालका संस्थापक शेयरधनी वा जो कोहि योग्य व्यक्ति वा संस्थाले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १ हजार कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । असोज १ गतेसम्म आवेदन दिई सक्न बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आग्रह गरेको छ । 

आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  नियामक निकायले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। आवेदक व्यक्ति भएमा एक प्रति फोटो, र नागरिकताको प्रतिलिपि पनि आवश्यक पर्ने छ । आवेदन संस्था भएमा संस्थाको प्रबन्धकपत्र , नियमावली, वित्तीय विवरण, कर चुक्ता विवरण, संचालक समितिले शेयर खरिद गर्ने निर्णय गरेको माईन्युट पनि पेश गर्नु पर्ने छ ।  हाल कायम शेयरधनीले भने आफ्नो शेयरधनी नम्बर पनि उल्लेख गर्नु पर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved