साउदको राजिनामापछि नेप्सेमा निमित्त सीईओको जिम्मेवारी फुयाललाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2021 | 03:44:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले पदबाट राजिनामा दिएसंगै अर्को ब्यबस्था नहुँदासम्मको लागि फुयालले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् 

फुयाल नेप्सेमा हाल भएका कमर्चारी मध्ये सबै भन्दा उच्च तहका कर्मचारी हुन् । नियमित काम कारवाही सुचारु राख्न नेप्से संचालक समितिको बैठकले उनलाई निमित्तको जिम्मेवारी दिएको हो 

सीईओ साउदले गत मंगलबार राजिनामा दिएका थिए । श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेका उनले कानुन अनुसार शेयर खरिद गर्न पाउने तर छानविनमा सहयोग पुर्याउन नैतिकताको आधारमा राजिनामा दिएको बताएका थिए । कार्यकाल सकिनु भन्दा ५ हप्ता अगाडी उनको राजिनामा आएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved