अरुण काबेलीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2021 | 09:42:46 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण काबेली पावर Arun Kabeli Power को लाभांश सुरक्षित गर्ने आज भदौ १३ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको तथा भदौ १४ गते सार्वजनिक विदा परेकोले आज भदौ १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

 कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश गरि कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले भदौ २६ गते साधारणसभामा आह्वान गरेको छ ।  

कम्पनीले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको १:१ को अनुपातमा हुन आउने १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ । यद्यपि कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ ।

कम्पनीले साधारणसभामा कम्पनीको संचालक संख्या ७ जना बाट घटाएर ५ जना सिमित गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved