४९ अंकले घट्यो नेप्से सूचक, २ कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2021 | 03:28:45 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४९.१८ अंकले घटेर ३०४४.८७ को बिन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएका २२७ कम्पनीका २ करोड ४८ लाख ८८ हजार ३ सय १३ कित्ता शेयर खरिद बिक्रिबाट १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार बराबरको कारोबार भएको छ । जस मध्ये अरुण भ्याली हाइड्रोको सबै भन्दा धेरै १ अर्ब ३१ करोडको कारोबार भएको छ । त्यस्तै अरुण काबेलीको ८७ करोड ९ लाख, जीवन विकास लघुवित्तको ७४ करोड ९२ लाख, आइसीएफसी फाइनान्सको ३८ करोड २८ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये नारायणी डेभलपमेन्ट बैंक र खानी खोला हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने रुरु हाइड्रोको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये फाइनान्स समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । फाइनान्स समुह भने ०.६८ प्रतिशतले बढेको छ । हाइड्रोपावर समुह सबै भन्दा धेरै २.४२ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये १५७ कम्पनीको मूल्य घटेको छ भने २८ कम्पनीको मूल्य मात्र बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved