बोर्ड अध्यक्ष ढुंगानाले गरे कार्यकारी निर्देशकहरुको सरुवा, महत्वपूर्ण विभागमा 'यस म्यान'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2021 | 09:04:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बोर्डका उच्च तहका कर्मचारीहरुको सरुवा गरेका छन् । अध्यक्ष ढुंगानाले कार्यकारी निर्देशक निरज गिरी र कायम मुकायम कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र विनयदेव आचार्यको सरुवा गरेका हुन् । 

जस अनुसार नियमन तथा ब्यबस्थापन विभागमा रहेका कार्यकारी निर्देशक निरज गिरीलाई वस्तु बजार अनुसन्धान विभागमा पठाईएको छ । वस्तु बजार अनुसन्धान विभागमा रहेका विनयदेव  आचार्यलाई सुपरिवेक्षण विभागको जिम्मेवारी दिईएको छ भने सुपरिवेक्षण विभागमा रहेका मुक्तिनाथ श्रेष्ठले नियमन तथा ब्यबस्थापन विभागको जिम्मेवारी पाएका छन् । 

धितोपत्र बोर्डमा नियमन तथा ब्यबस्थापन विभाग र सुपरिवेक्षण विभाग महत्वपूर्ण र शक्तिशाली विभाग हुन् । कम्पनीहरुको आईपिओ, हकप्रद, एफपिओ निष्काशनको अनुमति, ब्रोकर लाईसेन्स, ब्रोकर नियमन, सुचिकृत कम्पनी नियमन, उनीहरुको सुपरिवेक्षण लगायतका कार्य हुने भएकोले यी दुई महत्वपूर्ण विभाग हुन् । 

 महत्वपूर्ण विभागमा बोर्ड अध्यक्ष ढुंगानाले आफ्ना 'यस म्यान'हरुलाई ल्याएको चर्चा बोर्ड भित्र चल्न लागेको छ । नियमनमा रहेका निरज गिरीले पछिल्लो समय बोर्ड अध्यक्षले गलत काम गर्दा साथ दिन नसकिने, नियम अनुसार काम हुनु पर्ने, प्रक्रिया अनुसार चल्नु पर्ने बताउने गरेको र बोर्ड अध्यक्ष ढुंगानाले आफुलाई असहयोग गरेको भन्दै उनलाई अनुसन्धानको जिम्मेवारी दिईएको स्रोत बताउछ । स्रोत भन्छ ' अन्य दुईजना हाल कामु नै हुनुहुन्छ, अध्यक्षले भनेको मान्यो भने  कार्यकारी निर्देशक बन्न सहज हुने विश्वास उहाँहरुको छ, अध्यक्षलाई पनि काम गर्न सहज हुने र उहाँहरुलाई पनि कार्यकारी निर्देशन बन्न पाउने आशा छ' । 

गत बैशाखमा वरिष्ठताको आधारमा श्रेष्ठ र आचार्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको थियो । कार्यसम्पादन मुल्यांकनको आधारमा हुने नियमित बढुवा भने लोक सेवाको अनुमतिमा पछि हुने गरि उनीहरुलाई कामुको जिम्मेवारी दिईएको थियो । स्रोत भन्छ 'कार्यसम्पादन मुल्यांकन समेत हुने भएकोले उहाँहरुले आफुले भनेको मान्नुहुन्छ भन्ने विश्वास अध्यक्षमा छ'। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved