डिम्याट खातामा आयो सानिमा लाईफ इन्स्योरेन्सको शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2021 | 08:50:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्स Sanima Life Insurance Company को शेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ । सिडीएसएसीले हिजो आइतबारदेखि लगानीकर्ताको खातामा शेयर पठाउन थालेको हो । 

शेयर खातामा आएसंगै अब नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर सुचिकृत भएपछि कम्पनीको शेयर कारोबार खुला हुने छ । सम्भवत यसै सातादेखि शेयर कारोबार हुने छ । कम्पनीको SLI सिम्बलबाट कारोबार हुने छ  ।

कम्पनीले श्रावण २० गतेबाट ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।  गोलाप्रथाबाट ५ लाख ४० हजारले १० कित्ताका दरले आईपीओ पाएका थिए । यस आईपिओमा २४ लाख १९ हजार १ सय २७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको थियो । यो ६.८४ गुणा बढी हो ।

आइपीओ बिक्रि वितरणपछि सानिमा लाइफको चुक्तापुंजी २ अर्ब पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved